काठमाडौँ । मुख्य तरकारी बजार कालिमाटीमा आज धेरैजसो तरकारीको भाउ बढेको छ ।
आज टाटे सिमी, रायो साग, घिरौला, भिण्डीलगायतका तरकारीको भाउ बढेको हो । हिजो किलोको ८५ रुपैयाँ रहेका टाटे सिमीको भाउ आज ४१ रुपैयाँले बढेर किलाको एक सय २६ रुपैयाँ पुगेको छ ।
त्यस्तै रायो सागको भाउ पनि आज किलोमा २८ रुपैयाँ बढेको छ । हिजो ८५ रुपैयाँ रहेको रायो सागको भाउ आज किलोमा २८ रुपैयाँले बढेर किलोमा एक सय १३ रुपैयाँ पुगेको छ ।
आज भिण्डी र घिरौलाको भाउ भने किलोमा समान २१ रुपैयाँले बढेको छ । हिजो किलोको ३५ रुपैयाँ रहेको भिण्डी र घिरौला भाउ आज किलोमा २१ रुपैयाँले बढेर किलोको ५६ रुपैयाँ पुगेको छ । तर आज जिरीको सागको भाउ केही घटेको छ ।
हिजो किलोमा एक सय ७६ रुपैयाँ रहेको जिरीको साग आज किलोमा ८० रुपैयाँले घटेर किलोको ९६ रुपैयाँमा झरेको छ । त्यस्तै ब्रोकाउली पनि भाउ पनि आज किलोमा ७४ रुपैयाँले घटेको छ ।