Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काम गरेको ज्याला माग्दा साहुबाटै कुटिएर पुस्करको हातमा प्रहरीको लाग्यो हत्कडी

काम गरेको ज्याला माग्दा साहुबाटै कुटिएर पुस्करको हातमा प्रहरीको लाग्यो हत्कडी

काठमाडौं । नेपालटारमा अर्घाखाँचीका युवक पुस्कर भट्टराईमाथि ‘चोर’को आरोप लगाउँदै कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि यसको चर्चा बढेको छ।

पीडित भट्टराईले आफू निर्दोष रहेको, प्रहरी बोलाएर जिम्मा लगाउन आग्रह गर्दा पनि कुटपिट नरोकिएको बताएका छन्। घटनापछि उनलाई नै बालाजु प्रहरीले २४ घण्टा नियन्त्रणमा राखेको जनाइएको छ।

उनका अनुसार मोमो पसलमा काम सुरु गरेको पहिलो दिनमै जागिरबाट निकालिएपछि तलब र पाँच सय रुपैयाँको विषयमा विवाद भएको थियो। तलब माग्दै प्रहरीमा उजुरी दिने बताएपछि पसल सञ्चालकले आफूलाई कुटपिट गरेको आरोप उनले लगाएका छन्। साथै, आफूले कुनै चोरी नगरेको र गल्ती गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्।

 

https://www.facebook.com/share/v/14dH7FjYsXF/