Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टीका अनुसार बैठक बुधबार बिहान ८ः३० बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।

श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि उहाँको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने कांग्रेसले जनाएको छ।