काठमाडौँ । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको घोषणा गरेको छ। वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई गरिएको आक्रमणको विरोधमा आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको हो ।
चिकित्सक संघले विज्ञप्ति जारी गरी भनेको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधस्वरूप मिति २०८३-०४-१२ गते मंगलबारका दिन देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्दछौँ।’ साथै बुधबार सर्वपक्षीय भेला गरी आन्दोलनका थप कार्यक्रम तय गरिने संघले जनाएको छ।