Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार श्रेष्ठको काठमाडौं कुलेश्वरस्थित निवासमै निधन भएको हो।

श्रेष्ठ लामो समयदेखि प्याङक्रियाजको क्यान्सरबाट पीडित थिए। उपचारका क्रममा नर्भिक, धुलिखेल अस्पताल हुँदै भारतको दिल्लीस्थित एपोलो अस्पतालमा समेत उपचार गराइएको थियो। किमोथेरापीपछि स्वदेश फर्किएका श्रेष्ठको स्वास्थ्य अवस्था पछिल्लो समय कमजोर बन्दै गएको थियो।

कांग्रेस राजनीतिमा लामो योगदान दिएका श्रेष्ठले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालेका थिए। राजाको प्रत्यक्ष शासनका बेला तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेपछि श्रेष्ठले पार्टीको नेतृत्व सम्हालेका थिए।