Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जुत्तामा आचार्य राखिएको प्रति आचार्य समाजको आक्रोश/ कारबाहीको माग

जुत्तामा आचार्य राखिएको प्रति आचार्य समाजको आक्रोश/ कारबाहीको माग

काठमाडौँ । तपाईले कुन - कुन ब्राण्डको जुत्ता देख्नुभएको छ ? अथवा लगाउनु भएको छ / एडिडास, नाईक गोल्ड स्टार, लगायत अन्य अन्य थुप्रै ब्राण्ड । तर अहिले बजारमा अर्को नया ब्राण्ड थपिएको रहेछ त्यो हो आचार्य ब्राण्ड । यो भन्दा अघि आचार्य भन्ने हामीले थर अर्थात जातको नाम मात्रै सुनेका थियौ । तर अब जुतामै आचार्य नाम लेखेर नया ब्राण्ड सुरु भएको रहेछ । कुरा रोचक नै छ । हेर्नुस त जुत्तामा ठुलो अक्षरमा आचार्य लेखेर ब्राण्डिंग गरिएको रहेछ । अब अरु लुगा कपडा / क्याफे रेस्टुरेन्ट लगायतमा यसरि आचार्य लेखिएको भए यस्तो मतभेद हुनेथिएन तर खुट्टामा लगाउने जुतामा आफ्नो थर लेख्नु उचित नभएको भन्दै आचार्य समाजले आपत्ति जनाएको छ ।

आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिको संयोजनमा काठमाडौंको मध्यबानेश्वरमा बसेको बैठकले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोमा कारबाहीका लागि निबेदन दिने निर्णय गरेको छ । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा बसेको बैठकले सामाजिक सञ्जालमा भाईरल हुनेगरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरुको मानमर्दन हुनेगरी पत्ता लगाई तत्काल जुत्तामा राखिएको आचार्यहरुको थर हटाउन भूमिका खेल्न र थरकै अपमान हुनेगरी राखिएको हुँदा कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग गर्ने निर्णय भएको बताइएको छ ।

समाजका महासचिव शुभनराज आचार्य, कौडिन्य गोत्रीय महासमाजका बागमती प्रदेश अध्यक्ष एबम् आचार्य बन्धु समाज नेपालका पुर्व केन्द्रीय सदस्य प्रा डा गोबिन्द आचार्य, केन्द्रीय सदस्यहरु मनोज आचार्य, एकराज आचार्य, पुर्व केन्द्रीय सदस्य रामराजा आचार्य, अधिवक्ता मुक्ती आचार्यलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रकृया अपनाउने भन्दै प्रहरीले नै उक्त कम्पनीको गलत कार्यको बिरुद्धका अगाडी बढ्न सक्ने हुँदा तत्कालका लागि प्रहरीमा निबेदन दिनु उपयुक्त हुने निर्णय गरेको महासचिव शुभनराज आचार्यले बताए ।

लब्ध प्रतिष्ठित आचार्यहरुबीचमा सर्बोच्च अदालतमा क्षतिपूर्ति मागदाब्ीसहित निबेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्नेलगायतका बिषयहरु उठेकोे बताइएको छ । आईतबार वा सोमबार कार्यालय समयमा प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोमा निबेदन दिने र उक्त निबेदन तयार गर्न अधिवक्ता मुक्ती आचार्यलाई जिम्मा दिने निर्णय आचार्य बन्धु समाज नेपालले गरेको छ । बैठकमा सहभागी आचार्यहरुले आक्रोश व्यक्त गर्दै उक्त जुत्तामा आचार्य थरको अपमान हुनेगरी नाम राखिएकोमा कम्पनीको आलोचना गरेका थिए । छलफलकै क्रममा आचार्यको नाममा टिसर्टसमेत प्रिन्ट गरिएको भेटिएको छ । यसअघि बुद्धको बिषयमा यस्तै प्रकारको बिबाद भएको थियो । नेपाली ब्रान्डका जुत्ताको बजार दिन–प्रतिदिन बढ्दो छ। केही वर्षअघि नेपाली जुत्ता भनेपछि नाक खुम्च्याउनेहरू अहिले खोजी–खोजी नेपाली जुत्ता नै लगाउन थालेका छन्। स्वदेशी उत्पादनले उपभोक्ताको मन जित्दै जाँदा विदेशबाट जुत्ता आयात घट्न थालेको देखिन्छ। नेपाली जुत्ताको बजार विस्तारका लागि मात्र होइन, सहज र सर्वसुलभ रूपमा ग्राहकलाई उपलब्ध गराउने सोचका साथ वर्षभरि मेला लाग्न थालेका छन्। केही वर्षअघिसम्म काठमाडौंंमा मात्र केन्द्रित मेला अहिले अन्य जिल्लामा पनि विस्तार भइसकेको छ।

नेपाली जुत्ताको इतिहास लामो छ। सरकारी स्तरबाट २०२२ सालमा पहिलो पटक बाँसबारी छालाजुत्ता कारखाना स्थापना भएको थियो। चीन सरकारको सहयोगमा स्थापना भएको उक्त कारखानाका लागि आवश्यक कच्चा पदार्थ उत्पादनको काम काँचो छाला प्रशोधन केन्द्रले गथ्र्याे। नेपाली छालालाई प्रशोधन गरेर नेपालमै जुत्ता उत्पादनको व्यवस्था मिलाइएको थियो। अनि अहिले थुप्रै स्वदेशी ब्राण्डका जुत्ता/ फुटवेअर कम्पनिहरु संचालानमा छन् । तर ब्राण्ड सम्म व्हेनी विवाद हुन्थें होला तर जुतामै आचार्य नाम लेखेर बिज्ञापन गरेपछी आचार्य समाजले विरोध जनाएको हो ।