Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बजारमा चिनी किन्नेको लाइन..

बजारमा चिनी किन्नेको लाइन..

काठमाडौँ । दसैं सुरू भएसँगै जावलाखेलमा रहेको साल्ट ट्रेडिङमा खाद्यान्न किन्नेको लाइन लागेको छ।  सुपथ मुल्यमा खाद्यान्न किन्न सर्वसाधरणहरू त्यहाँ पुग्ने गरेका छन्। बिहानै देखि त्यहाँ लाइन लाग्ने गरेको छ। अन्य खाद्यान्न पाएपनि चिनीको भने बजारमा अभाव छ। अभावका कारण पनि चिनी किन्न मानिसहरू कुरिरहेका हुन्।

ट्रेडिङले प्रतिव्यक्ति चिनी दुई किलो मात्रै दिइरहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं–तिहारलाई चिनी अभाव हुन नदिने बताएको थियो। सरकारले भारतबाट चिनी मगाएको थियो। सरकारको स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०/१० हजार टन चिनी ल्याउन अनुमति पाएको थियो।