Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चालु आर्थिक वर्षको तीन महिनामा मकै मात्रै ३ अर्ब ४० करोडको आयात

चालु आर्थिक वर्षको तीन महिनामा मकै मात्रै ३ अर्ब ४० करोडको आयात

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा मकै आयातमा गिरावट आएको छ ।

भन्सार विभागकाअनुसार चालु आवको असोजसम्म नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो ।

गत वर्ष असोजसम्म ५ अर्ब ६४ करोड ४४ लाख ९९ हजार रुपैयाँको मकै आयात भएको थियो । भन्सार विभागकाअनुसार ३ महिनामा ८ करोड २१ लाख १३ हजार किलो मकै नेपाल भित्रिएको छ । गत वर्ष यसै अवधिमा मकैको आयात परिमाण १६ करोड १८ लाख किलो थियो ।

चालु आवमा ११ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ लाख ४४ हजार किलो मकैको बिउ आयात भएको छ भने ३ अर्ब २८ करोड ४९ लाख ७२ हजार रुपैयाँको ८ करोड १७ लाख किलो अन्य प्रकारका मकै नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।