Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओमनमा नेपालीहरु बस्ने बस्तीमा ठुलो बाढी छिर्यो,यस्तो छ नेपालीको अबस्था

ओमनमा नेपालीहरु बस्ने बस्तीमा ठुलो बाढी छिर्यो,यस्तो छ नेपालीको अबस्था

रोजगारीका लागि ओमन पुगेका नेपालीहरु रहेको केहि ठाउँमा भारि वर्षा भएको छ,झन्डै १० बर्षपछि ओमानमा पानी परेको हो।जे पनि हुन सक्ने भन्दै ओमान सरकारले सबै कर्मचारीलाइ छुट्टी दिएको छ भने कम्पनीहरुले पनि आफ्ना कामदारहरुलाइ छुट्टी दिएको छ।ओमान न्युज एजेन्सीका अनुसार हिजो देखि लगातार वर्षा भैरहेको र अझै पानी पर्न न छाडेकाले सजक रहन अनुरोध गरिएको छ।

नेपालीहरु रहेका केहि ठाउँ डुवानमा समेत परेको छ,बुसर सहरमा भारि वर्षाको कारण घर घरमा बाढी पसेको हो, जस कारण उक्त ठाउँमा रहेका नेपालीहरुलाई कम्पनीले सजकता अपनाउन अनुरोध गरेको छ।सरकारले पनि सतर्कता अपनाउन अनुरोध गरेपछि कम्पनिहरुले धमाधम बिदा दिएको हो। झन्डै २० बर्ष देखि ओमानमा नेपाली कामदारहरु काम गर्दै आएका छन भने उक्त देशमा नेपालीहरुको अत्याधिक माग रहेको छ।

नेपालीहरुलाई इमान्दारी कामदारको रुपमा ओमानमा रहेका कम्पनीहरुले हेर्ने गर्छन।राजा सासन रहेको ओमान बिकासको हिसाबले पनि अरु देश जस्तै अगाडी छ।उक्त देशमा बढी मुस्लिमको बाहुलिएता रहेको छ भने अन्य धर्म मान्नेहरुको पनि उक्त देशमा बाहुलियता देखिन्छ।नेपालीहरुको रोजाई रहेको उक्त देशमा खासै समस्या भने आउने गर्दैन थ्यो।

ओमानको लाइ नेपाल राजदूतावासले पनि नेपालीहरुलाई सजक रहन बिज्ञप्ति निकालेको छ,सो ठाउँमा रहेका नेपालीहरुलाई समुन्द्री आधिको डर भएको कारण सजक रहन अनुरोध गरिएको छ बिज्ञप्ति यस्तो छ

एजेन्सीको सहयोगमा लालीगुराँस डटकमको रिपोर्ट