Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेची राजमार्ग बन्द, पूर्वी पहाडको जनजीवन प्रभावित

मेची राजमार्ग बन्द, पूर्वी पहाडको जनजीवन प्रभावित

काठमाडौँ । लगातारको वर्षा र पहिरोका कारण इलाम–राजदुवाली खण्ड अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्लाहरूको मुख्य यातायात मार्ग मानिने मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका लाखौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

राजदुवाली क्षेत्रमा निरन्तर जमिन भासिने र पहिरो खस्ने क्रम जारी रहेकाले सवारी सञ्चालन हुन सकेको छैन। केही समयअघि पूर्वाधार विकासमन्त्रीले सडक खुलाउन निर्देशन दिए पनि मर्मत कार्यले गति लिन नसकेको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्।

मेची करिडोर र तिल्केनी–सिमल गोलाई सडकजस्ता वैकल्पिक मार्ग पनि बाढी र क्षतिका कारण सञ्चालनमा छैनन्। यसले खाद्यान्न, ग्यास, औषधिलगायत अत्यावश्यक सामग्री बोकेका सवारी बीच बाटोमै रोकिएका छन् भने बिरामी बोक्ने एम्बुलेन्ससमेत सञ्चालन हुन नसक्दा थप समस्या भएको छ।

स्थानीय सरोकारवालाले मेची राजमार्ग र वैकल्पिक सडक तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।