आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमानले लगातार दोस्रो जित दर्ता गरेको छ । सिरिज अन्तरगत बिहिवार भएको खेलमा ओमानले अमेरिकालाई पराजित गरेको हो । टियु क्रिकेट मैदानमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय १४ रनको लक्ष्य ओमानले ४९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो । जितसँगै ८ खेलमा १२ अंक जोडेको ओमानले लिगको शीर्ष स्थानको अमेरिकासँग अंक बराबरी गरेको छ । त्रिकोणात्मक सिरिज अन्तरगत आयोजक नेपालले शनिवार अमेरिकासंग खेल्नेछ ।।