कतार फुटबल एसोसिएसन(क्युएफए) को आयोजनामा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारतसंग बराबरी खेलेको छ ।
अल अरबी स्पोर्ट्स क्लबको मैदानमा बिहिबार सॉझ भएको खेलमा नेपाल र भारत बिचको खेल १-१ को बराबरीमा सकिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले खेलको ९ औं मिनेटमा गोल गरेको थियो । त्यसको लगत्तै १३ औ मिनेटमा भारतले बराबरी गोल फर्कायो । नेपालका लागि डिल्ली पारा लिम्बुले राकेश सापकोटाको पासमा गोल गरेका थिए ।
नेपालले अर्को खेल फिलिपिन्स संग यसै मैदानमा फेब्रुअरी १३ तारिक खेल्नेछ ।