पोखरा । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८ औं संस्करण आगामी फागुन २२ देखि सुरु हुने भएको छ । आयोजक साहरा क्लबले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २२ देखि सुरु हुने जानकारी दिएको हो ।
प्रतियोगितामा विदेशी, ए डिभिजन, मोफसल र आयोजक क्लब गरी १० टोली सहभागी हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतियोगिताका लागि करिब ९९ लाख ३८ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।