Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उद्योग मन्त्री यादव ग्यास अभावको गुनासोपछि उद्योगमै पुगेर गरिन् निरीक्षण

उद्योग मन्त्री यादव ग्यास अभावको गुनासोपछि उद्योगमै पुगेर गरिन् निरीक्षण

काठमाडौँ । ग्यास अभावको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका ग्यास उद्योगहरूको निरीक्षण गर्नुभएको छ।

मन्त्री यादवले सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको स्थलगत अवलोकन गर्दै बजारमा ग्यास आपूर्तिको अवस्थाबारे जानकारी लिनुभएको हो। उपभोक्ताले ग्यास नपाएको गुनासो गरेपछि मन्त्रालयले उद्योगको अवस्था बुझ्न निरीक्षण गरेको जनाएको छ।

निरीक्षणका क्रममा उद्योगीहरूले विगतकै अवस्थामा ग्यास आपूर्ति भइरहेको भए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गर्दा बजारमा अभाव देखिएको बताएका थिए।

मन्त्री यादवले ग्यासको अभाव हुन नदिन व्यवसायिक प्रयोजनभन्दा घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिनुभयो। उहाँले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभएको छ।