Shares
Shares
काठमाडौं—काठमाडौंमा सम्पन्न प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट करा“ते प्रतियोगिता–२०२० को खुल्ला तौल समुहतर्फ नेपालका मञ्जु बिक तथा सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको खुल्ला तौल समुह महिला तथा पुरुष स्वर्ण पदक विजेता खेलाडीलाई नगद १–१ लाख रुपैया“ प्रदान गरिएको थियो ।
प्रतियोगिताको खुल्ला तौल समुह (पुरुष) अन्तर्गत नेपालका शनि शिं सुनारले रजत तथा रेगन श्रेष्ठले कास्य पदक जित्न सफल भए भने खुल्ला तौल समुह (महिला) तर्फ भारतकी सुप्रिता विश्वकर्माले कास्य तथा नेपालकी बिनिता भण्डारीले रजत पदक जित्न सफल भइन् ।
प्रतियोगितामा ३० केजी तौल समुह (पुरुष) तर्फ नेपालका प्रज्वल पाण्डे तथा महिलातर्फ नेपालकै सृष्टि तामाङले स्वर्ण पदक जित्न सफल भइन् । यो समुहमा पुरुषतर्फ नेपालका युवराज नेपालीले रजत तथा मृदुल तिमल्सिनाले कास्य पदक जिते भने महिलातर्फ भारतकी दिपन्विता विश्वासले रजत तथा भारतकै रेखा लोहारले कास्य पदक जितिन् ।
३५ केजी तौल समुह (पुरुष) तर्फ नेपालका रवि यादव तथा महिलातर्फ नेपालकै कुन्सुङ छोमोले स्वर्ण पदक जिते । यो तौल समुहमा पुरुषतर्फ भारतका निखिल चन्द्रले रजत तथा भारतकै सरुण परियारले कास्य पदक जिते भने महिलातर्फ नेपालका सुहाना खड्काले रजत तथा नेपालकै समिक्षा थापाले समिक्षा थापा कास्य पदक जिते ।
४० केजी तौल समुहतर्फ नेपालका राम कार्की तथा नेपालकी सुजिता श्रेष्ठले स्वर्ण पदक जिते । यो समुहमा पुरुषतर्फ नेपालका रजत मिलन तामाङले रजत तथा दिलिप नेपालीले कास्य पदक जिते भने महिलातर्फ नेपालकी प्रोसिया कार्कीले रजत तथा पूनम घर्तीले कास्य पदक जितिन् ।
४५ केजी तौल समुहतर्फ नेपालका सन्दिप नेपाली तथा नेपालकै भूमिका गुरुङले स्वर्ण पदक जिते । यो तौल समुहतर्फ नेपालकै सुदिप मगरले रजत तथा नेपालकै मन्दिप भुसालले कास्य पदक जिते । महिलातर्फ भारतकी सोनामोनी मोन्डलले रजत तथा नेपालकी सुमिना लामाले कास्य पदक जितिन् ।
५० केजी तौल समुहमा नेपालका सरोज तामाङ तथा भारतकी पुस्पिता दासले स्वर्ण पदक जित्न सफल भए । यो समुहको पुरुषतर्फ नेपालका पारस शाह ठकुरीले रजत तथा भारतका गोपालचन्द्र रजकले कास्य पदक जिते भने महिलातर्फ भारतकी चम्पा नइदाले रजत तथा भारतकै वृष्टि नस्करले कास्य पदक जिते ।
५५ केजी तौल समुहमा नेपालका सुवास लिम्बुले स्वर्ण पदक जित्न सफल भए । यो समुहमा नेपालकै रुपक श्रेष्ठले रजत तथा अनिर्बन सेनले कास्य पदक जिते । प्रतियोगितामा कृष्ण पटेलले उत्कृष्ट खेलाडीको पदक पाए भने अनुष्मा जिसीले बेस्ट फाइटरको पुरस्कार जितिन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले शुक्रवार उद्घाटन गर्नु भएको यो प्रतियोगितालाई खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले शनिवार समापन गर्नु भएको थियो ।
नेपाल क्योकुशिन सेइसिन काइकान करा“ते संघले यो प्रतियोगिता आयोजना गरेको हो । समापन समारोहमा आयोजक संस्थाले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, वल्र्ड क्योकुशिन काई कराते अर्गनाइजेशनका अध्यक्ष कान्चो सेइसिन ईवासिता तथा स्विट्जरल्याण्ड शाखा प्रमुख हान्सी हर्बट ई. फोस्टरलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रतियोगितामा नेपाल, भारत, जापानसहित १० देशका ३ सय ५० जना खेलाडीहरुले भाग लिएका थिए ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209