काठमाडौं । नेपाल र इंग्ल्यान्डबीच मैत्रीपूर्ण फुटबल हुने भएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरे ।
नेपाल र बेलायतबीचको दाैत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको अवसरमा सो सम्झौता गरिएको हो । सम्झौता अनुसार पहिलो मैत्रीपूर्ण खेल बेलायतमा हुने छ । सो खेल २५ मे मा अल्डरसट एफसीको मैदानमा हुनेछ । दोस्रो खेल भने नेपालमा आयोजना हुने एन्फा अध्यक्ष शेर्पाले जानकारी दिए । खेलको मिति भने तय नभएको उनले बताए ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उनले बताए । उनले भने– ‘वार्षिक रुपमा मैत्रीपूर्ण खेललाई निरन्तरता दिने प्रयास गर्छौं, सोही अनुसार काम अगाडी बढाउँछौं ।’