काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणका खेल आजबाट शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन आज लिग लिडर मछिन्द्र क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ । मछिन्द्र शेर्पालाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा हुनेछ । शेर्पाले समेत रेलिगेशनबाट जोगिन मछिन्द्रविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने कोशिश गर्नेछ ।
लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलको समाप्तिमा १३ अंक जोडेको छ । उसले ४ मा जीत र २ मा बराबरी खेलेको छ । शेर्पाले ४ मा बराबरी र २ मा हारसहित ४ अंक जोडेको छ ।