Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ए डिभिजन लिग फुटबलमा एनआरटीद्वारा पुलिस १-०ले पराजित

ए डिभिजन लिग फुटबलमा एनआरटीद्वारा पुलिस १-०ले पराजित

काठमाडौं : दर्शन गुरुङको निर्णायक गोलमा न्युरोड टिम (एनआरटी) ले जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब नेपाल पुलिसलाई पराजित गरेको छ । छैटौं चरणको खेलमा आमनेसामने भएको एनआरटीले नेपाल पुलिसमाथि १–० गोलको जित निकालेको हो । एनआरटीको जितमा दर्शनको गोल निर्णायक बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा एनआरटी ७६ औं स्थानमा गोल सफल भयो । राजेश परियारको पासमा दर्शनले उत्कृष्ट गोल गरेपछि एनआरटी जित निकाल्न सफल भएको हो ।

त्यसपछिको बाँकी समय पुलिसले बराबरी गोल फर्काउन नसक्दा लिगमा दोस्रो हार व्यहोरेको छ । खेलको इन्जुरी समयमा अन्जन राइको प्रहार बाहिरिँदा पुलिस बराबरी गोल फर्काउन असफल भयो ।

एनआरटीको गोलअघि पुलिसले अधिकांश समय बल नियन्त्रणमा लिएपनि गोल गर्न सकेन । ३६ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार एनआरटीका गोलकिपरले रोके ।