काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबारदेखि छैटौं चरणका खेल सुरु हुँदै छ ।
शनिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र क्लव भिड्ने छन् । खेल दशरथ रंगशालामा मध्याह्न १२ बजेदेखि सुरु हुने छ ।
लिगमा दुवै टोलीले अहिलेसम्मका सबै खेल जितेका छन् ।
शनिबार दिउसो हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लव भिड्ने छन् ।
पाँचौं चरणका खेल सकिँदासम्म विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । मनाङ दोस्रो र मछिन्द्र तेस्रो स्थानमा छन् ।