काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा सन्तोष साउखलले १०० गोल पुर्याएका छन् । दशरथ रंगशालामा जारी खेलमा नेपाल पुलिस क्लव विरुद्ध एक शुन्यले पछि परेको अवस्थामा सन्तोषले टिमका लागि १७ औं मिनेटमा गोल गर्दै गोलको शतक बनाए । यसअघि खेलको पाँचौे मिनेटमा निरकुमार राईले उत्कृष्ट गोल गर्न सफल भए । उनले डिबक्स भित्र एक्रोब्याटिक सटबाट गोल गर्न सफल भए ।
२०६३ देखि २०६९ सालसम्मको लिगमा करियरको उच्च फर्ममा रहेका सन्तोषले सो बेला हरेक लिगमा डबल फिगरमा गोल गरे । २०६० सालमा पहिलो पटक थ्रीस्टारबाट खेलेका भक्तपुरे सन्तोषले पहिलो सिजनको लिगमा नै ६ गोल गरेका थिए । ललितपुरको थ्रीस्टार क्लवमा हुँदा उनले एकै सिजनमा धेरै गोल गर्दै खेलाडीको सूचीमा परे । यसका साथै उनी सर्वाधिक गोलकर्ताको पुरस्कार पनि पाउन सफल भएका थिए ।
थ्रीस्टारबाट लिगको सुरुवात गरेका सन्तोषले नयाँ कीर्तिमान भने च्यासलबाट बनाउने लगभग निश्चित छ । लिगको करियरमा उनको सबैभन्दा धेरै गोल थ्रीस्टारबाट नै गरे । उनले थ्रीस्टारबाट ६ सिजन खेल्दा ५२ गोल गरेका थिए । यस्तै मनाङबाट १६ गोल गरेका थिए । एन्फा एकेडेमी बाहिर बाटै पनि उमेर समुह देखि राष्ट्रिय टिममा स्थान बनाउने खेलाडी हुन् । थ्रीस्टारबाट ब्यवसायिक करिअर शुरु गरेका सन्तोस बीच सशस्त्र प्रहरी बल हुदै पुन थ्रीस्टार फर्किएका थिए ।