काठमाडौँ । गायक तथा सर्जक नरेश खातीको नयाँ गीत “तिम्रै हुन पाम” बजारमा सार्वजनिक भएको छ ।
उक्त गीतमा नरेशसँगै ममता गुरुङको स्वर रहेको छ । पछिल्लो समय गायनमा पनि सक्रिय नरेशले एकपछि अर्को राम्रा गीत दिइरहेका छन् । नेपालमा कोरोना भाइरसको समयमा माया मारेर बोलको गीत सार्वजनिक गरेसँगै गायनमा पनि सफलता पाइरहेका छन् ।
गीतमा नरेशकै शब्द तथा संगीत रहेको छ । संगीत संयोजनको काम बिशाल निरौलाले गरेका छन् ।
भिडिओमा अभिनेता सुशान्त कार्की र अभिनेत्री प्रियना आचार्यको अभिनय रहेको छ । अभिनेता सुशान्त चारबर्ष पछि अस्ट्रेलियाबाट फर्केपछि भिडिओमा अभिनय गरेका हुन् । प्रियना हास्य टेलिश्रृंखला सक्किगोनीमा मुन्नीको उपनामले चर्चित छिन् ।
भिडिओ मेक्सम नरेश अफिसियल युट्युव च्यानलमा शुक्रबार सार्वजनिक गरिएको छ।
https://www.youtube.com/watch?v=zSvEldlFnqA