Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ड्रेस टु इम्प्रेसमा फेसियल हाउसका ६१ आर्टिस्ट, १५५ सहभागीको मेकअप

ड्रेस टु इम्प्रेसमा फेसियल हाउसका ६१ आर्टिस्ट, १५५ सहभागीको मेकअप

काठमाडौं। आइआईएफटी (IIFT) ले आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रममा फेसियल हाउसले उल्लेखनीय सहभागिता जनाएको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान (प्रज्ञा भवन) मा आयोजित कार्यक्रममा फेसियल हाउसका ६१ जना व्यावसायिक मेकअप आर्टिस्ट ले १५५ जना सहभागीको मेकअप गरेका थिए।

29c6987a-89f7-4fc4-8b11-b353fcf92cd1.jpg

फेसियल हाउसका दक्ष मेकअप आर्टिस्टहरूको टोलीले सहभागीहरूलाई आकर्षक र व्यावसायिक लुक प्रदान गर्दै कार्यक्रमलाई थप भव्य र सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। कार्यक्रममा विभिन्न फेसन प्रस्तुतिहरू, सिर्जनात्मक डिजाइन तथा मेकअप कलाको उत्कृष्ट प्रदर्शन गरिएको थियो।

फेसियल हाउसले नेपालमा व्यावसायिक सौन्दर्य सेवा र मेकअप क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ। यस कार्यक्रममार्फत पनि आफ्नो दक्षता, अनुभव र सेवा गुणस्तरलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको संस्थाले जनाएको छ।

7b6037ec-54ed-4fcf-a2a3-2792362e1eed.jpg

आयोजकका अनुसार कार्यक्रममा कुल १५५ जना सहभागी रहेका थिए भने उनीहरूको सम्पूर्ण मेकअप व्यवस्थापन फेसियल हाउसका ६१ जना मेकअप आर्टिस्ट ले गरेका थिए। यसले नेपालको ब्युटी तथा फेसन उद्योगमा फेसियल हाउसको व्यावसायिक क्षमता र नेतृत्वलाई पुनः स्थापित गरेको आयोजक तथा सहभागीहरूले बताएका छन्।