Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डि.आर सुजन र सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको लोकदोहोरी गीत ‘दोलखामा जिरी’ सार्वजनिक

डि.आर सुजन र सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको लोकदोहोरी गीत ‘दोलखामा जिरी’ सार्वजनिक

काठमाडौँ । गायक डि.आर सुजन र सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको ‘दोलखामा जिरी’ बोलको लोकदोहोरी गीत यतिबेला बजारमा सार्वजनिक भएको छ ।

मंगलवार मात्रै सार्वजनिक यो गीतमा विमला हुमागाइँ (बोधश्री)को शब्द रहेको छ ।

स्मृति तिमिल्सिनाको कोरियोग्राफी एवं निर्देशनमा तयार पारिएको उक्त भिडियोमा गायक सुजनसँगै मोडल गीता ढुंगानाको अभिनय एवं नृत्य छ ।

गीतमा गायक सुजन स्वयंमकै संगीत र कृष्ण बि.कको संगीत संयोजन छ ।

अजय रेग्मी र उनको टिमको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन एवं कलर गरेका छन् ।

उक्त भिडियो ‘बोध अनलाइन टिभी’ युट्युब च्यानलमा हेर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=r4Y4wAtHxho