नेपाली लोक संगीतमा एउटा एस्तो गीत बन्यो जुन गीतको हरेक भाग करोड क्लबमा प्रवेश भइरहेको छ सो गीत हो धनगडीको बसमा।अहिले उक्तको भाग ३ बजारमा आएको छ।चर्चित गायक अमृत सापकोटा समिक्षा अधिकारी र पुजा देवकोटाले आवाज दिएको छन।गीतको कथा एक लाहुरेको जीवनलाई समाबेस गरिएको छ।
लाहुरे विदेश जाने तयारीमा रहदा परिवारको बेदना उक्त गीतमा समाबेस गरिएको छ।पहिले आएका गीतभन्दा फरक शैलीमा यो गीत तयार भएको छ।गीतमा चर्चित बाल गायिका कमला घिमिरे,अमृत सापकोटा,गीतकै निर्माता गोबिन्द भट्टराइ,मिस पबी र समिक्षा अधिकारी उक्त गीतमा जोडिएका छन।
गीत बजारमा आउनु अगाडीनै गायिका समिक्षा अधिकारी अष्ट्रेलिया उडेकी हुन्।धेरैले समिक्षा अष्ट्रेलियानै बस्ने आकलन गरिरहदा उनले यो गीत बजारमा ल्याएकी हुन्।बिशाल इन्टरटेण्डमेन्टले बजारमा ल्याएको गीत बिसालकै युटुब च्यानल मार्फत बजारमा आएको छ।काजिश श्रेष्ठले निर्देशन गरेको गीत बजारमा आएको छोटो समयमै चर्चामा रहेको छ।भिडियो हेरौ: