Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी, महासचिवमा रघुनाथ सापकोटा निर्वाचित

चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी, महासचिवमा रघुनाथ सापकोटा निर्वाचित

काठमाडौं । चलचित्र पत्रकार संघको नवौं महाधिवेशनबाट अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

आज सम्पन्न संस्थाको महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, सचिव समावेशीतर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सहकोषाध्यक्ष मनिष अञ्जान निर्वाचित भए ।

उपाध्यक्ष कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा बलामी र राजन घिमिरेबीच प्रतिस्पर्धा भएको थियो । बलामीले ८३ मत पाउँदा घिमिरेले ६७ मत प्राप्त गरे ।

सदस्यहरुमा सुरेन्द्र थापा, सीपी जैसी, अर्जुन गुरागाईं, अनुप भट्टराई, निशा बजगाईं, कृष्ण पाण्डे, सदस्य महिलातर्फ सुष्मा कार्की र सदस्य समावेशीतर्फ महम्मद जलिम निर्वाचित भएका छन् ।

महाधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष विपुुल पोखरेलले गरेका थिए ।