काठमाडौँ । गायिका रचना रिमाल र गायिका प्रिया सुवेदीको स्वर रहेको भजन चिलिम भरेरको भिडियो सार्वजनीक भएको छ ।
शीतल कादम्बीनीको लेखन तथा निर्माणमा रहेको उक्त भजनमा नायक तथा मोडल प्रदीप बास्तोला भगवान् शिवको रुपमा देखा परेका छन् ।
महाशवरात्रीको अवसरमा रिलिज गरिएको सार्वजनिक भजन बिक्रम चौहानको निर्देशनमा तयार भएको हो ।
उक्त भिडियोको सम्पादन लक्ष्मण चौहान र कलर मिलन विश्वकर्माले गरेका छन् । पशुपति मन्दिर परिसमा छायांकन गरिएको भिडियोको सिनेम्याटोग्राफर प्रकाश खड्का हुन् ।
भिडियोले भगवान शिवको महिमालाई वर्णन गरेको छ । हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?v=4M3egevnjc8