काठमाडौँ । शेर्पा भाषाको पहिलो गीत गाउने गायक, सर्जक तथा टुङनाबादक लाक्पा तेन्जी शेर्पाको छेक छेक भाले बोलको गीत बजारमा सार्वजनीक भएको छ ।
लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वरमा रहेको उक्त गीतको शब्द उत्तम पौडेल र संगीत शेर्पाकै रहेको छ ।
गीतको एरेन्ज राकेश सोनीले गरेका छन भने मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन् ।
यो गीत रामकुमार कार्कीको युटयुव च्यानल मार्फत आज सार्वजनिक भएको हो । गीतको निर्देशनमा विक्रम चौहान र क्यामेरामा प्रकाश खडका रहेका छन् ।
त्यसैगरी म्युजिक भिडियोमा कलाकार विजय पुन, गेल्जी शेर्पा र मिङमा डोमा शेर्पा रहेका छन् । करिब दुई दशक बढी समय सांगितीक क्षेत्रमा बिताएका शेर्पाको मज्जाले नाचौँला गीतको अपार सफलता संगै गोरे मेसी, छ्याई, झुक झुक, हेल्मीकी युल्ला लगाएत दर्जनौ गीत बजारमा आएका छन् ।
यो गीत पनि दर्शक स्रोताको सार्वधिक रोजाईमा पर्नेमा शेर्पा आशाबादी रहेका छन् ।
यो गीत हेर्न तलको भिडीयो क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=Zzig4_Y6SII