Shares
Shares
काठमाडौं । गीतकार,निर्देशक डि.आर सुजनको नयाँ गीत “उडेको चरी” ले निकै चर्चा कमाएको छ ।
“उडेको चरी” सामाजीक सञ्जाल टिकटक र युट्युवमा लाखौ दर्शकको रोजाईमा पर्न सफल भएको छ । बादी समुदायको पिडा उल्लेख गरिएको यो गीतले धेरै दर्शकको आँखा भिजाएको छ । यो गीतले सिङगो बादी समुदायको कथालाई उजागर गरेको दर्शकहरु बताएका छन् ।
धेरैको मनमुटुमा बस्न सफल यो गित लोकप्रिय गायिका देवी घर्ती र डि.आर सुजनको स्वरमा सजिएको छ । यस गीतमा डि.आरकै शब्द, संगीत तथा भिडियो निर्देशन रहेको छ । यस गीतमा रेशम दर्लामीको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा डि।आर सुजन, रोशनी कार्की, सुर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।
उडेको चरी गीतको भिडियोमा सुदुरपश्चिममा रहेको बादी समुदायको यथार्य घट्ना र पिडाहरुलाई चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह ब्यापार तथा यौन ब्यवसायमा संलग्न गराई पैसा कमाउने र जिविकोपार्जन गर्ने प्रचलन छ । अझै पनि यो परम्पराको अन्त्य हुन सकेको छैन । यही कथामा आधारित रहेर बादी समुदायका अन्य क्रियाकलाप र पिडालाई चित्रण गर्न खोजिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव एवं प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले डि.आर सुजनका हरेक कामले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने गरेको बताए । उनका गीतका कथाहरुबाट सुजनबाट हामीले सिक्न सक्छौं भन्ने कुरालाई प्रष्ट पारेको उनको बुझाइ छ । उनले डि।आर सुजनका सिर्जनालाई सफलताको शुभकामना दिएका छन् ।
डि.आर सुजनले आफ्नो गीत “उडेको चरी” गीत दुई वर्षको अनुसन्धानको प्रतिफल भएको बताएका छन्। गीतमा सुदूरपश्चिमका बादी समुदायका यथार्थतालाई बाहिर ल्याउने कोशिस गरेको उनको भनाई छ । सुदूरपश्चिमका बादी समुदायका युवा युवतीका बारेमा सरकारले खासै चासो नदिएको उनको बुझाइ छ । कथामा पुरानो नेपाली कलालाई झल्काउने प्रयास गरिएको उनले बताए ।
यस कथालाई उडेको चरीमा समाबेश गरेपछि बिमोचन कार्यक्रममै पार्वती बादीले बादी समुदायको कथालाई समेटेकोमा आभार ब्यक्त गरिन् । उनले रुदै भनिन् “डि।आर सुजन भाईले हाम्रो बादी समुदायको कथालाई समेटिनु भयो । काठमाडौं सम्म कार्यक्रममा बोलाउनु भयो यस प्रती आभारी छु । सरकार र अन्य व्यक्तिहरुले बादी समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको छैन । सरकारले बादी समुदायहरुको लागी केही पनि गर्न सकेको छैन । बादी समुदायमा शिक्षाको अभाब छ । अब बादी समुदायमा सरकारले शिक्षा र ज्ञानको ज्योती छर्न जरुरी छ । मलाई पनि बादी भन्दा अन्य समुदायले गलत नजरले हेर्ने गर्छन् । हाम्रो बादी समुदायलाई अब मिडियाहरुले पनि साथ दिन अनुरोध गर्दछु । साथै हाम्रा मागहरुलाई सरकार समक्ष पुर्याउनका लागी सहयोग गरिदिन अनुरोध गर्दछु ।”
यो विषय वस्तुमा २ वर्ष जती अध्ययन गरेर बादी समुदायमा नै पुगेर यो गीत तयार पारेरको डि.आर बताउँछन् ।
https://youtu.be/PciH2gVZrPA
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209