Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देवी घर्ती र डि.आर सुजनको स्वरमा बादी समुदायको यथार्थ गीत “उडेको चरी” सार्वजनिक

देवी घर्ती र डि.आर सुजनको स्वरमा बादी समुदायको यथार्थ गीत “उडेको चरी” सार्वजनिक

काठमाडौं । गीतकार, निर्देशक डि.आर सुजनको नयाँ गीत “उडेको चरी” सार्वजनिक भएको छ ।

“उडेको चरी” नामक गीतमा लोकप्रिय गायिका देवी घर्ती र डि.आर सुजनको स्वरमा सजिएको यस गीतमा डि.आरकै शब्द, संगीत तथा भिडियो निर्देशन रहेको छ । यस गीतमा रेशम दर्लामीको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा डि.आर सुजन, रोशनी कार्की, सुर्य ओली, प्रिया पोखरेल, अर्जुन कार्की, नन्दराम बादी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

उडेको चरी गीतको भिडियोमा सुदुरपश्चिममा रहेको बादी समुदायको यथार्य घट्ना र पिडाहरुलाई चित्रण गर्न खोजिएको छ । बादी समुदायमा छोरीलाई अर्काको घरमा छोडेर, देह ब्यापार तथा यौन ब्यवसायमा संलग्न गराई पैसा कमाउने र जिविकोपार्जन गर्ने प्रचलन छ । अझै पनि यो परम्पराको अन्त्य हुन सकेको छैन । यही कथामा आधारित रहेर बादी समुदायका अन्य क्रियाकलाप र पिडालाई चित्रण गर्न खोजिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपमहासचिव एवं प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले डि.आर सुजनका हरेक कामले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने गरेको बताए । उनका गीतका कथाहरुबाट सुजनबाट हामीले सिक्न सक्छौं भन्ने कुरालाई प्रष्ट पारेको उनको बुझाइ छ । उनले डि.आर सुजनका सिर्जनालाई सफलताको शुभकामना दिएका छन् ।

डि.आर. सुजनले आफ्नो गीत “उडेको चरी” गीत दुई वर्षको अनुसन्धानको प्रतिफल भएको बताएका छन्। गीतमा सुदूरपश्चिमका बादी समुदायका यथार्थतालाई बाहिर ल्याउने कोशिस गरेको उनको भनाई छ । सुदूरपश्चिमका बादी समुदायका युवा युवतीका बारेमा सरकारले खासै चासो नदिएको उनको बुझाइ छ । कथामा पुरानो नेपाली कलालाई झल्काउने प्रयास गरिएको उनले बताए ।

यस कथालाई उडेको चरीमा समाबेश गरेपछि बिमोचन कार्यक्रममै पार्वती बादीले बादी समुदायको कथालाई समेटेकोमा आभार ब्यक्त गरिन् । उनले रुदै भनिन् “डि.आर सुजन भाईले हाम्रो बादी समुदायको कथालाई समेटिनु भयो । काठमाडौं सम्म कार्यक्रममा बोलाउनु भयो यस प्रती आभारी छु । सरकार र अन्य व्यक्तिहरुले बादी समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको छैन । सरकारले बादी समुदायहरुको लागी केही पनि गर्न सकेको छैन । बादी समुदायमा शिक्षाको अभाब छ । अब बादी समुदायमा सरकारले शिक्षा र ज्ञानको ज्योती छर्न जरुरी छ । मलाई पनि बादी भन्दा अन्य समुदायले गलत नजरले हेर्ने गर्छन् । हाम्रो बादी समुदायलाई अब मिडियाहरुले पनि साथ दिन अनुरोध गर्दछु । साथै हाम्रा मागहरुलाई सरकार समक्ष पुर्‍याउनका लागी सहयोग गरिदिन अनुरोध गर्दछु ।”

“यो विषय वस्तुमा २ वर्ष जती अध्ययन गरेर यो गीत बनाएको हुँ । बादी समुदायको बारेमा सुनेको त थिए तर बादी समुदायमा नै पुगेर सबै अध्ययन गरेर २ बर्षमा यो गीत तयार पारेर निर्माण गर्न सफल भए । उहाँहरुको अवस्था र पिडा देखेर मेरो मन रोएको थियो । यस गीत निर्माण गर्न सुर्य ओली दाई लगायत अन्य टिमले साथ दिनु भयो । यसप्रती आभारी छु । साथै यस बिमोचन कार्यक्रममा उपस्थित भई मलाई साथ दिनुहुने पत्रकार मित्रहरु प्रती आभार प्रकट गर्दछु । यस गीत उडेको चरी र टेली श्रृङ्खला सेतो घरलार्ई सबैले माया गरिदिनुहोला । केही कमी कमजोरी भएमा प्रतिक्रिया जनाईदिनुहोला ।” सर्जक सुजनले भने ।

भिडियो हेर्न यो लिंकमा क्लिकगर्नुहोस्

https://youtu.be/PciH2gVZrPA