Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोहोरी गायक सुजन बराइलीको ‘मल्लाज दरबार’ नामक मौलिक पञ्चेबाजा लोकदोहोरी गीत सार्वजनिक

दोहोरी गायक सुजन बराइलीको ‘मल्लाज दरबार’ नामक मौलिक पञ्चेबाजा लोकदोहोरी गीत सार्वजनिक

काठमाडौँ । लोक तथा दोहोरी गायक सुजन बराइलीले ‘मल्लाज दरबार’ नामक मौलिक पञ्चेबाजा लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।

श्रीमान रोजगारीको निम्ति विदेश जाँदा घरबार विग्रिएको विषयवस्तु उठान गरिएको सो गीतमा गायक बराइली र गागिका देवी घर्ती मगरले स्वर दिएका छन् ।

“बिदेशमा कमाउन जानु, बर्षौ बिताउनु रहर होइन बाध्यता हो, तर आफू विदेश जाँदैगर्दा यता घरमा श्रीमतीले रातको बेलामा छोराछोरीको बिच्चली बनाएर पराइसँग गएको आम नेपाली दाजुभाईको पिडालाई गीत मार्फत प्रस्तुत गरिएको छ”, गायक बराइलीले भने ।

युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई गितकार प्रल्हाद सुवेदीले लेखेका हुन् भने लय संकलन गायक बराइलीले नै गरेका हुन् ।

गीतको एरेन्जर रमेश सन्चुरीले गुरेका छन् भने गीतमा मोडेल कलाकार शिशिर पौडेल र नारायण खत्री लगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ । भिडियो निर्देशन कुमार के . सी ले गरेका छन् ।

गीतको छाँयाङ्कन गायक बराइलीको जन्मभूमि पर्वत जिल्लाको जलजला गाउँपालिका मल्लाजमा गरिएको छ ।आफू जन्मेको ठाउको चिनारी होस एउटा ईतिहास बनोस भनेरनै मल्लाज दरबार को नाम जुरायको कुरा बराइलीबताउछन्।

गायक बराइलीले यसअघि ‘जिउन सिकायो’, मेरो प्यारो मल्लाज गाउँ’, ‘तीजको बेला नाँच बरिलै’ विश्वकर्मा बाबा भजन ,पर्वते ठिटो,सम्झना जन्मभुमिको सालैजो,सोकले मरिन्छकी भोकले कोरोना गित,रमाइलो गर्ने यहि बोली हासो हो दशै,अन्त नजर लाउन छोड्नेछु,तिम्ले मेरो कुभलो चाहेनी मत तिम्रै भलो चिताउछु,लगायत दर्जनौ गितमा स्वर दियका छन।

बिगत २० बर्षदेखी नेपाली गित सङ्गितमा संघर्ष गर्दै काठमाडौ मै भबिश्य खोजेका गायक एक सामाजिक ब्याक्तित्व सङ्गै सफल ब्यबसायी पनि हुन। यो पन्चेबाजा मल्लाज दरबार गित अशाध्यै राम्रो बनेको तथा सकारात्मक कथा बोकेको उनी बताउछन र सबैले हेरिदिन र सेर गरिदिन अनुरोध पनि गरेका छन। भिडियो हेर्नलाइ तलको लिन्क थिच्नुहोला।।

https://youtu.be/YrQA6KLm4QA