काठमाडौँ । पछिल्लो समय नेपाली सांगितिक बजार तात्दै गएको छ ।
अहिले प्रायःजसो दैनिक रुपमा नयाँ गीतहरु सार्वजनिक भैइरहेका छन । अझ अहिले थुप्रै कलाकारहरू विभिन्न किसिमका सांगितिक कोसेलीहरु बजारमा ल्याउन जुटिरहेका छन ।
यसैक्रममा लोकप्रिय गायक कुशल बिश्वकर्मा र देवी घर्तिको आवाजमा रहेको तिर्खा बोलको गीत आभाष क्रियसन यूट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
यस गीतमा शब्द, संगीत आभाष सेन्चुरीको रहेको छ । भिडियोलाई आभाष सेन्चुरीले निर्देशन गरेका छन भने भिडियोलाई राम के सी ले खिचेका छन ।
उक्त म्युजिक भिडियोको सम्पादन भने पदम सुबेदी ले गरेका छन । यस गीतको भिडियोमा आयुस्मा कार्की, राजेश बिसी, आभाष सेन्चुरीलाई देख्न सकिन्छ ।
भर्खर मात्र बजारमा आएको “तिर्खा ” बोलको गीत निकै मिठो रहेको छ । थुप्रै दर्शकहरुले निकै सकारात्मक प्रतिक्रिया दिएका छन। यो गीतलाई अझ धेरै रुचाउने निर्माण टिमको बिश्वास रहेको छ ।
https://youtu.be/pfs59ZObv8M