Shares
Shares
सम्झना धमला ,काठमाण्डौ:नेपाली लाइभ दोहोरीका एक होनहार गायक भीम पौडेल सधैको लागि अस्ताएका छन।दोहोरी क्षेत्रबाट सर्बाधिक माया पाएका भीम स्याङ्जा जिल्लामा जन्मिएका गायक हुन्। दोहोरी गाउँदा गाउँदै हाँसेर सबैलाई आफूतिर तान्ने फरक कला भएका भीमले सबैलाई रूहाएर गएका हुन्। "रातको ११:२० मा निधन भएको रहेछ ,आजै बिहान भिमको सब पोखरामा ल्याइने जानकारी पाएको छौ" कृष्ण कंडेलले भन्नु भयो।
लामो समय देखि बिरामी रहेका भीम डिप्रेसनको सिकार समेत रहेको पारिवारिक श्रोतले बताएको छ।केहि समय देखि सानो सानो कुरामा पनि तनाब लिने र काम प्रति खासै चासो दिन छाडेका पौडेलले एक महिना अगाडी इन्द्रेणीको स्टुडियोमा पुगेर एउटा मात्रै दोहोरी गएका थिए।
इन्द्रेणीका संचालक कृष्ण कंडेल र लालीगुराँस डटकमका संचालक कमल सरगमले रातिनै उनि निधन भएको खबर सामाजिक संजालमा राखेका थिए।फेसबुकमा कमल सरगमले लेखेका थिए " फेरि दोहोरी क्षेत्रले अर्को सफल गायक गुमाएको छ, लोक दोहोरी गायक भिम पौँडेल तपाईको निधन को खबरले मर्माहित छु केहि बोल्न सकिन हार्दिक श्रध्दाञ्जलि ,उहाको भिनाजुबाट भर्खरै खबर प्राप्त भयो ,केहि समय देखि भिम डिप्रेसनको बिरामी थिए ,कृष्ण कडेल दाईले उहाको परिवार सङ्ग सम्पर्क गरिरहनु भएको छ।"
कमल सरगमको फेसबुक पोस्ट आउनु ३० मिनेट अगाडिनै कृष्ण कंडेलले दुखत खबर भन्दै इन्द्रेणीमा भीमले गाएको अन्तिम दोहोरी सेयर गरेका थिए।सबैले के भयो भन्दै कमेन्ट गरेपछि तत्काल कंडेलले भीम पौडेलको तस्बिर राख्दै श्रद्धाञ्जली दिए संगै संगीत क्षेत्रका सबै दर्शक कलाकारले झुटो खबर भन्दै कमेन्टमा प्रतिक्रिया जनाई रहेका थिए।कतिपयले फेसबुक ह्याक भएछ दुबैको भन्दै कमेन्ट लेखेका थिए तर सत्य त्यहि थियो।
हाल सम्म डिप्रेसनकै कारण र रगतको कमिको कारण मात्रै उनको निधन भयो या अन्य कारण पुरा खुलेको छैन तर झन्डै २ महिना देखि भीम पौडेल निकै बिरामी रहेको पारिवारिक श्रोतले बताएको छ। उनको साइलो भिनाजु राजन खत्रीकाका अनुसार २ महिना देखि राम्रो संग नखाने,एकोहोरो हुने जस्ता उनको त्यो शैलीले परिवार निकै चिन्तित रहेको थियो। भिममा देखिएको एकाएक त्यो लक्षणले चिन्तित परिवारलाई चिन्तामै छाडेर गएका छन।
भीमले २ बर्षको उमेर हुदै बाबा गुमाएका थिए ,७८ बर्षीय एक्ली आमालाई झन् एक्लै बनाएर भीम सधैलाई संसार छाडेर गए।५ भाई र ४ दिदि बहिनी मध्यका कान्छो छोरा भीम २०४१ सालमा स्याङ्गजा पुतलीबजार नगरपालिकामा जन्मिएका थिए। परिवारको कान्छो छोरो भएको कारण पनि आमाको काखमै हुर्किने खेल्ने गरे। ठुलो हुदा सम्म आमा संगै बसेका उनि १ महिना देखि आमा संगै गाउँमा बस्दै आएका थिए।
भीमले सुरुवात भने रेकर्डेट गीतबाट गरेका थिए तर त्यो उनको लागि खासै फलदायी रहेन।झन्डै ८ वर्ष अगाडी देखि लाइभ दोहोरीको क्रेज एकाएक बढे संगै भीमको माग पनि उतिकै बढ्न थाल्यो ,त्यो समयमा सर्बाधिक खोजिने नाममा भीम पौडेल,बाल चन्द्र बराल ,रबिन लामिछाने हरु रहेका थिए।
उनको हाँसोलाइ लिएर धेरै रमाउने गर्दथे।
बीचमा भीम पौडेल र रबिन लामिछानेले इन्द्रेणीमा एक दोहोरी गाए जसमा दुबैले श्रीमती भगाएको कथा थियो.सो कथालाई औधि दर्शकले माया गरेका थिए त्यसको फल स्वरूप भीमको चर्चा झन् चुलियो तर भीम भने बिस्तारै लाइभ दोहोरी गाउँन छाडे।उनि संग निकट कलाकारहरुको अनुसार पौडेललाइ दोहोरी गाउँन बोलाउदा पनि म सन्चो छैन भन्दै टार्दै आएको बताउछन।
रबिन लानिछाने पनि यतिबेला पोखरा आइपुगेका छन,भीम पौडेलको निधनको खबर सुन्ने बितिकै मुस्ताङ्ग रहेका लामिछाने सिधै पोखरा आएका हुन्। रबिन र भीम निकै मिल्ने साथि हुन,उनीहरुले गएका दोहोरीहरु ३० लाख माथी दर्शकले हेरेका छन युटुबमा।
पौडेल बिबाद देखि निकै आत्तिने कलाकार हुन्।उनको आजै अन्तेष्टि गरिने जानकारी प्राप्त भएको छ,पारिवारिक श्रोतका अनुसार पौडेललाइ पोखरामा ल्याएर हिन्दु परम्परा अनुसार रामघाटमा दाहसंस्कार गरिने जानकारी रहेको छ भने सोहि बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सचिब जीवन दाहालको नेतृत्वमा पोखरामै श्रद्धाञ्जली सभा राखिने बताइएको छ।सोहि बीच लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेश ,लोक दोहोरी प्रतिष्ठान कास्की जिल्लाका कलाकार परिवारनै सहभागी हुने गरि उक्त श्रद्धाञ्जली सभा राखिन लागेको हो सोहि बिचमा लोकप्रिय कार्यक्रम इन्द्रेणीको टिम र कृष्ण कंडेल संगै लालीगुराँस डटकमको टिम पनि सहभागी हुने बताइएको छ।
सोहि बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजिले पनि दुख व्यक्त गरेका छन। दोहोरी क्षेत्रका एक नक्षेत्र गुमाउनु परेको भन्दै बिजिले दुख व्यक्त गरेका हुन्। भीम पौडेलले संगीत क्षेत्रमा दिएको योगदान जुगौ जुग रहने बताएका छन।परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै बिजी भन्छन "हामी पनि पोखरा आउने कोसिसमा छौ,हाम्रै संस्थाको सचिब पोखरामै रहेको हुदा उहाकै नेतृत्वमा श्रद्धाञ्जली सभा राख्ने छौ"।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209