Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बहुचर्चित गायिका शान्ति श्री परियार र गायक युवराज मगरको स्वरमा सजिएको ‘नरोउ मायालु’ कालजयी सिर्जना सार्वजनिक

बहुचर्चित गायिका शान्ति श्री परियार र गायक युवराज मगरको स्वरमा सजिएको ‘नरोउ मायालु’ कालजयी सिर्जना सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक युवराज मगरले नयाँ गीत ‘नरोउ मायालु’ बजारमा सार्वजनिक गरेका छन् ।

बहुचर्चित गायिका शान्ति श्री परियार र गायक युवराज मगरको स्वरमा सजिएको ‘नरोउ मायालु’ बोलको गीत आज मात्रै सार्वजनिक भएको हो ।

नेपाली लोक संगित जगतका अजर अमर दिग्गज श्रष्टा स्व.झलकमान गन्धर्वले गाएको उक्त गितमा गीतकार बलराम चौलागाँई,संगित गणेश परियारको यथावत् रहेको छ । स्व. झलकमान प्रति समर्पण गर्दै उहाँको सम्मानमा केहि अंश थप गरिएको छ ।

झलकमान प्रतिष्ठान संग अनुमती लिदै उक्त गितलाई गायक युवराज मगरले पुन रेर्कड गरेका हुन् । जसलाई नयाँ म्यूजिक एरेञ्ज सुदिप सागरले गरेका छन् । यो गितको रेर्कडिङ प्रिज्मा रेर्कडिङ स्टुडियोमा गरिएको हो ।

यो गीतमा सरोज प्रजा राना,विना राउत,बिजय पुन,बिष्णु दगामी मगर र बाल कलाकारमा जेबिन र जेबिस श्रेष्ठ, आयुसी ढकालले अभिनय गरेका छन् । गितको अडियो सम्पादन र मिक्सिङ श्याम श्वेत रसाईलीले गरेका छन् भने भिडियो छाँयाङकनमा अर्जुन तिवारीले साथ दिएका छन् ।

यो गितको निर्देशन काजि श्रेष्ठले गरेका छन् । उक्त गीतको भिडियो सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् । युबराज मगरको यस अगाडी पनि धेरै गीतहरु बजारमा आएका छन।

एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक युवराजले झण्डै १ सय बढी गीतमा स्वर दिएका छन् । ‘मयाली’,‘सयौँ जुनी’,‘चरी’,‘गोरखपुरे रेलैमा’ लगायतका उनका गीतलाई स्रोता एवं दर्शकले रुचाएका छन् ।

सार्वजनिक ‘नरोउ मायालु’ बोलको गीतलाई पनि स्रोता एवं दर्शकले रुचाउनेमा आशावादी रहेको गायक युवराजको भनाई छ । यो कालजयी गीतमा स्वर दिन पाउँदा आफूलाई सौभाग्यशाली ठानेको दुबै गायक गायीकाले बताए । उक्त गीत युबराज मगर अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।