कमल सरगम,काठमान्डौ : नेपाली लोक दोहोरी क्षेत्रका एक लोकप्रिय गायक मौसम गुरुङ र पूर्णकला बिसीको संगीत् सहकार्य निकै फापेको देखिन्छ जसको फल स्वरूप अहिले बजारमा सर्बाधिक हिट गीत 'माईली'लाइ लिन सकिन्छ।यो गीत मौसम गुरुङकै सर्बाधिक हिटको पहिलो नम्बरमा पर्दछ।
युटुबमा छोटो समयमै झन्डै आधा करोड (५२ लाख) बढीले हेरेको गीत नेपाली कौडा गीतको इतिहासमै पहिलो हिट गीत हो। कौडा गीत एक भेगले मात्रै मन पराउने गर्दछन् तर यो गीत आम नेपालीको पहिलो रोजाई बन्यो जस कारण अहिले सबैको मुखमा झुण्डिएको छ।
गीत रथ पुनको प्रस्तुति र शब्दमा बजारमा आएको हो।सितल सिजन डिजिटल मार्फत सार्बजनिक भएको गीत मौसम गुरुङ युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।गीतमा मौसम गुरुङको मौलिक लय रहेको छ।
भिडियोमा मौलिक नृत्य दिएर आम दर्शकको मन भने आनन्द गुरुङ,लक्ष्मी गुरुङ,अस्विन मगर,अन्जु गुरुङ लगाएतले जितेका छन।दिप गुरुङको निर्देशन रहेको गीतको छायांकन भने राजेश घिमिरेको रहेको छ।मिलन बिकको सम्पादन रहेको पुरा गीत हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।