Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

संचारकर्मी शिरीर भण्डारीको छोराको मन रूहाउने अभिनय रहेको बिमल डाँगीको फापरको पिठो हेरौ

संचारकर्मी शिरीर भण्डारीको छोराको मन रूहाउने अभिनय रहेको बिमल डाँगीको फापरको पिठो हेरौ

कमल सरगम : नेपाली संगीत इतिहासका एक होनहार गायक हुन् बिमल डाँगी,उनि एक फरक शैलीका कलाकार हुन् जव जव उनको सृजना संगीत बजारमा आउछ तव तव संगीत बजारनै बदलिने गरि गीतको चर्चा हुने गर्दछ हो त्यस्तै भएको छ एक सर्बाधिक लोकप्रिय गीत फापरको पिठोबाट।

यस अगाडी पनि बजारमा आइसकेको यो गीतको अफिसियल भीडीयो भने पहिलोपटक बजारमा आएको छ।बिमल डाँगी ,शान्ति श्री परियार र सुप्रिम मल्ल ठकुरीले आवाज दिएको उक्त गीतमा लोकप्रिय गायक जय देवकोटा ,हिउवाला गौतम र संचारकर्मी शिशिर भण्डारीको छोरा अशिम भण्डारीको दमदार अभिनय रहेको छ।

रोशेल थापाको निर्देशन तथा लेखनमा तयार भएको भिडियोमा काठमान्डौ र बिभिन्न सहरमा बस्ने एक गरिब परिवार र मजदुरीको कथा समाबेस गरिएको छ भने तिनै कथामा टेकेर भिडियो निर्माण गरिएको छ।अघिल्लो गीतहरुमा भन्दा फरक शब्दहरु राखेर यो गीत बजारमा ल्याइएको भएर पनि हुन सक्छ अहिले यो गीत छोटो समयमै हिट छ। पुरा भिडियो हेरौ :