Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोक दोहोरी प्रतिष्ठानको महाधिवेशन आगामी फाल्गुनमा धादिङ्गमा हुदै,महिला नेतृत्व ल्याउने तयारी

लोक दोहोरी प्रतिष्ठानको महाधिवेशन आगामी फाल्गुनमा धादिङ्गमा हुदै,महिला नेतृत्व ल्याउने तयारी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं केन्द्रीय महाधिवेशन फाल्गुण १२,१३ र १४ गते धादिङ जिल्लाको सदरमुकाम धादिङ वेशीमा हुने भएको छ। दोहोरी प्रतिष्ठानको केन्द्रीय भावनामा आज बसेको विशेष बैठकले उक्त निर्णय गरेको हो।अघिल्लो महाधिवेशन पोखरामा सम्पन्न भएको थियो।

झन्डै ४० हजार भन्दा बढी साधारण सदस्य रहेको लोक दोहोरी गीत संगीत संग जोडिएको एक मात्र संगठन दोहोरी प्रतिष्ठानले कलाकारको हक हितमा काम गर्दै आएको छ।यस पटकको निर्वाचनमा प्रतिष्ठानको तर्फबाट महिला नेतृत्वको लागि पहल अगडी बढाउने भएको छ।प्रतिष्ठानले आधिकारिक धारणा बाहिर नल्याए पनि सोहि संस्थामा हाल बरिष्ठ उपाध्यक्ष पदमा रहेकी गायिका रिता थापा अध्यक्षको लागि प्रतिष्ठानले सिफारिस गर्ने तयारीमा रहेको छ।

अन्य कलाकारहरु पनि निर्वाचनमा आफु नेतृवमा उठ्ने हल्लाह भए पनि केन्द्रीय कमिटीले भने रिता थापालाईनै समर्थन गर्ने बिशेष श्रोतले जानकारी दिएको छ। बरियताको हिसाबले पनि रितानै अध्यक्षको दाबेदार देखिन्छिन तर आधिकारिक धारणा सस्थाले पछि दिने भएको छ।गायिका रिताले भने यस अगडीनै अध्यक्षको रुपमा आफु दाबेदार रहेको लालीगुराँस डटकमको एक अन्तरबार्तामा बताएकी थिइन। उता लोकप्रिय गायक बिष्णु खत्री पनि पुन अध्यक्ष पदको लागि निर्वाचनमा लड्ने भएका छन।बिशेष श्रोतका अनुसार बिष्णु फेरी अध्यक्ष पदको लागि निर्वाचनमा होमिन लागेको जानकारी आएको छ।

आजै बसेको बैठकले अर्को एक बिशेष निर्णय पनि गरेको छ। नव निर्वाचित जिल्ला/समन्वय/ विदेश/ प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रम माघ ६/७ सात गते चितवनको सौराहामा हुने भएको छ भने प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मान स्वरुप मासिक रु ५०००/- संस्थागत सेवा भत्ता आजिवन प्रदान गरिने । केन्द्रको निर्णय रहेको दोहोरी प्रतिष्ठानकै पुर्व अध्यक्ष चन्द्र शर्माले जानकारी दिनु भएको छ। हाल रमेश बिजी प्रतिष्ठानका अध्यक्ष रहेका छन।