Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रकाश किरणको नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा

प्रकाश किरणको नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा

विगत लामो समय देखि गजल लेखनमा सक्रिय गजलकार प्रकाश किरणको नजर जुद्दा खेरी तिमी मुस्कुरायौ नामक गजलको भिडियो सार्वजनिक गरिएकोछ ।

गायक तथा सङ्गीतकार थानेश्वर गौतम र सरु गौतमको स्वर तथा थानेश्वर गौतमको सङ्गीत रहेको यो गजल लगातार ४ दिन देखि यूट्यूब ट्रेन्डिङ्गमा रहेकोछ ।जिन्दगीको सफरमा जुधेका नजरहरुको बिगतको दृश्यलाई यो गजलले मीठो शैलीमा पस्केकोछ ।

पुष्प खड्का , स्मारिका ढकाल र रमेश चन्द्र सोडारीको अभिनय रहेको यो भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।काबु क्रियसनले निर्माण गरेको भिडियोमा समाजमा झाङ्गिदै गएको लिभिङ्ग टुगेदर र यस्ले निम्त्याएको समस्यालाई उगागर गरेको पाइन्छ ।