Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोकप्रिय गायक राजु परियार र गायिका सरु कार्कीको स्वरमा आयो नया दोहोरी गीत

लोकप्रिय गायक राजु परियार र गायिका सरु कार्कीको स्वरमा आयो नया दोहोरी गीत

हेटौंडाकी लोकगायिका सरु कार्कीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।‘हेटौंडामा धागो कारखाना, तिम्ले नाता तोडे नि, अन्तै घरबार जोडे नि, जान्या छैन मैले हार खान ।’ बोलको बाध्यता नामक लोकदोहोरी एल्बम गायिका कार्कीले सार्वजनिक गरेकी हुन् । मिलन फिल्मस् प्रोडक्सनको युट्युव मार्फत चार दिन अघि गीत सार्वजनिक भएको हो । गीतलाई अहिलेसम्म ३८  हजार बढीले हेरिसकेका छन् । गीतमा परिचित लोकदोहोरी गायक राजु परियारसंग गायिका सरुको स्वर मिसिएको छ ।

सार्वजनिक गरिएको भिडियोमा मायालु प्रेमिल जोडीका बीचमा मायाप्रेम छ । गायक परियारको शब्द तथा लयमा गीत तयार भएको हो ।

गीतको भिडियोमा विनोदकुमार श्रेष्ठ, जुना कार्की, सन्तोष थापा, स्वयं गायिका कार्की समेतको अभिनय छ ।

सन्तोष तिम्सिनाको छायाँकन, रोशन धितालको सम्पादन तथा मिलन श्रेष्ठको निर्देशनमा भिडियो निर्माण भएको हो । यसअघि रेशम डोराको बोलको गीतमार्फत लोकदोहोरी क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेकी गायिका कार्कीको एल्बमकै रुपमा यो दोस्रो प्रस्तुती हो । सानैदेखि गीत संगीत सुन्ने, विद्यालय पढ्दा गीत गाउँने र नाँच्ने कार्यमा रुची राख्ने सरुको एकपछि अर्को सांगितिक प्रस्तुती सार्वजनिक भइरहेका हुन् ।

लोकगीत संगीतका क्षेत्रमा निरन्तर लाग्नका लागि घरपारिवार, आफन्तजनबाट निरन्तर साथ पाइराखेकाले आगामी दिनमा पनि अरु गीतमा आवाज भर्ने आफ्नो चाहाना रहेको गायिका कार्कीको भनाई छ । आफ्नो गीत सुनेर आवश्यक सल्लाह, सुझाव तथा प्रतिकृया दिन उनले आग्रह गरेकी छिन् ।

उनको गीत सुन्न यहाँ क्लिक गर्न सकिन्छ ।