नारायणगढ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा कृष्ण भट्टराई चयन भएका छन् ।शनिबार स्व. जितबहादुर पिया व्यवसायिक तालिम केन्द्र नारायणगढमा सम्पन्न प्रतिष्ठानको १६ औं वार्षिक साधारण सभा तथा आठौं जिल्ला अधिवेशनबाट भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा बसन्त लामा, द्धितिय उपाध्यक्षमा उपेन्द्र देवकोटा, सचिवमा जिवी सुनार, कोषाध्यक्षमा आयुष्मा केसी, सह-सचिवमा बिक्रम क्षेत्री र सह-कोषाध्यक्षमा निश्चल मगर चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा रोशन खड्का, अस्मिता लामा, रामकृष्ण दुलाल, मुक्ति सापकोटा, दिलकुमार श्रेष्ठ, शक्तिकुमार गोदार, दुर्गा बजगाई, अपेक्षा गिरी (मालती), टिकाराम ढकाल, सरिता गुरुङ र हर्कसिंह गुरुङ रहेका छन् । नवनिर्वाचित कार्यसमितिले शनिबार नै सपथ लिएको छ ।