Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हिरो देखि नेता सम्मको सहभागितामा चौथो एपिक नेपाल म्युजिक अवार्डको प्रमाणपत्र वितरण हुदै

हिरो देखि नेता सम्मको सहभागितामा चौथो एपिक नेपाल म्युजिक अवार्डको प्रमाणपत्र वितरण हुदै

आगामी माघ ७ सम्पन्न हुन गइरहेको ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । भक्तपुरबाट वितरण गरिने यस अवार्डको सार्वजनिक मनोनयनहरुलाई यहि आगामी पुस २ गते प्रमाणपत्र वितरण गरिनेछ । यसपटक गीतसंगीतका बिभिन्न ३९ बिधालाई समेटिएको छ ।

अवार्डमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषभाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषभाषीमा उत्कृष्ट दश गीतको मनोनयन सार्वजनिक गरिएको छ ।

यसपटकको अवार्डको चौथो संस्करणलाई सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ ले सहकार्य गरेको छ । अवार्ड समारोह शंखधर पार्कमा सम्पन्न हुने आयोजकले जनाएको छ । अवार्डले ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ बोकेको छ ।

पुस २ गते मनोनयनहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमका लागी अतिथिहरुलाई निमन्त्रणा भइसकेको जनाइएको छ । ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ का अध्यक्ष कृष्ण लाल साहुखलका अनुसार प्रमाण पत्र वितरण कार्यक्रममा सुर्य बिनायक नगरपालिका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यता रहनेछ । साथै बिशेष अतिथिमा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाप्रमुख बालकृष्ण श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भूवन केसी लगायतको उपस्थिती रहनेछ ।

अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ रुपैंया सहित महानायक सम्मान प्रदान गरिनेछ । यस्तै नगद राशि सहित चलचित्र पत्रकार प्रकाश सुवेदीलाई चलचित्र पत्रकार सम्मान र पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।