Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकामा बस्दै आएका चर्चित गायक राजु ढुंगेलको पन्चेबाजा गीत बजारमा

अमेरिकामा बस्दै आएका चर्चित गायक राजु ढुंगेलको पन्चेबाजा गीत बजारमा

काठमाडौँ। नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर’ गीतको भिडियो सार्वजनिक भएको छ। पुर्वेली लोक लयमा आधारित गीतमा जिवनका भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ। दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ।

आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिनमा सफल जिवन जिउने आशाका साथ माइती घरबाट विदा भएकी चेली विचको प्रसङ्गलाई गीतमा समेटिएको छ। करण चैसिरको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको निर्देशन तथा नृत्य निर्देशन भिडियोमा रहेको छ। गीतको भिडियोमा रिना थापा मगर, याम गुरुङ, प्रवेश थापा र आसरिना न्यौपानेको नृत्य देख्न सकिन्छ।