काठमाडौ : कला र शाहित्य समाजको ऎना मात्र नभई जुन समाजले कला र साहित्य अनुशरण गर्दछ त्यो समाज शचेत, सुखी र तिब्र बिकास गर्छ पनि भनिन्छ। किनकी मनोरंजन मात्र नभई सेवा, शाहस, चेतना, नैतिकता, सन्देश, ज्ञान् , संस्कार , धर्म, आध्धात्म जस्ता विभिन्न भावबाट योगदान पुराएका हुन्छन। समाजलाइ अगाडी बडाउन मानसिक रुपमा तैयार या शक्ति पार्ने आधारभुत कुरा हो।।
यस पटक एक पृथक प्रस्तुति जो सबै धर्म या सम्प्रदायलाई पनि समाहित गरेको पाइन्छ। प्रत्येक ब्यक्तिको लागि मार्गदर्शक र ज्ञानप्रद छ। जसको नाम "Ghyan Ban"(ज्ञान् बाण) रहेको छ। जसम गायक टेकेन्द्र बोहोरा, हरि थापा र रेजिना परिवार हुनुहुन्छ। शब्द र सङ्गीत हरि थापाको रहेको छ। सङ्गित ब्यवस्थापक कलाकार कमल सौराग हुनुहुन्छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीत कुमार पुन ले सम्पादन गर्नु भएको छ। यसमा छायांकन गर्ने सम्पुर्ण जिम्मेवारी डारेक्टर दिप गुरुङ्गले गर्नुभएको छ।
उहाँ पनि नेपाली कल्चरमा आधारित कला सङ्गितमा निकै रमाएर जिम्मेवारी निभाउने एक कुशल ब्यक्तिमा स्थापित भैइसक्नु भएको छ। यो भजन सर्जकले आफ्नै youtube चेनल Hari Thapa official बाट सार्बजनिक गर्नु भएको छ।
गीत संस्कारिक र धार्मिक भन्दा पनि अध्धामिक र अति सरल छ। यो अवस्थामा अतिबादी शोचमा प्रश्न जन्मिन सक्ने पनि देखिन सक्छ। मनन गर्दैलाई निकै आनन्दपुर्ण रहेको छ। आशा छ याहाहरु सम्पुर्ण भगवान दर्शक, श्रोता तथा भक्तजनले माया गरिदिनु हुनेछ। like, subscribe को साथै आवश्यक सल्लाह सुझाबको लागि अनुरोध पनि गर्दछौ।