Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

एसिया छनोटमा नेपालले मलेसियाविरुद्ध जित हासिल ....

एसिया छनोटमा नेपालले मलेसियाविरुद्ध जित हासिल ....

काठमाडौं । आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा नेपालले मलेसियाविरुद्ध जित हासिल गरेको छ । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५१ रनको योगदान गरे । २१ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्र आईसीसी टि–ट्वान्टी अन्तरराष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

मलेसियाले नेपाललाई दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभर नेपालले ८६ रन बनाएको हो । नेपालका लागि प्रदिप ऐरीले १२ रन बनाए । यसअघि मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । वर्षाका कारण २० ओभरको खेल ९ ओभरमा छोट्याइएको थियो ।