Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायक प्रताप दासले आफ्नी प्रेमिकालाई फकाउदै भने "मेरो मनको संसार"

गायक प्रताप दासले आफ्नी प्रेमिकालाई फकाउदै भने "मेरो मनको संसार"

अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्जमा ‘मेरो मनको शहर’ बोलको गीत रिलिज भएको छ । गीतमा गायक प्रताप दासले स्वर दिएका छन् । राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा गायक दास र मोडल अशु न्यौपाने फिचर्ड छन् । प्रताप र अशुको जोडी भिडियोमा सुन्दर देखिएको छ । यस अगाडी बाफ र कफी क्रसमा अभिनय गरेका प्रताप दासको यो तेश्रो म्युजिक भिडियो हो ।

डान्सिङ नम्वरको भिडियोमा उनको मिहेनत राम्रै देखिन्छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।