Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लोकप्रिय गायक मौसम गुरुङ र पूर्णकला बिसीले गाएको माईली गीत युटुबमै सर्बाधिक हिट

लोकप्रिय गायक मौसम गुरुङ र पूर्णकला बिसीले गाएको माईली गीत युटुबमै सर्बाधिक हिट

कमल सरगम ,काठमान्डू: यो समय हिन्दुहरुको महान पर्व तिहार हो,आम नेपालीहरुले देउसी भैलो गीत सुनेर आनन्द लिने समय हो तर अचम्म के भयो भने यो समयमा आम नेपालीले कौडा गीत सुनेर तिहार मानाउदै छन। प्रसङ्ग लोकप्रिय गायक मौसम गुरुङ र पूर्णकला बिसीको आवाजमा रहेको गीत 'माईली',जुन गीत यतिबेला टिकटक देखि युटुब सम्म सर्बाधिक हिट छ।

युटुबमा छोटो समयमै झन्डै ११ लाख बढीले हेरेको गीत नेपाली कौडा गीतको इतिहासमै पहिलो हिट गीत हो। कौडा गीत एक भेगले मात्रै मन पराउने गर्दछन् तर यो गीत आम नेपालीको पहिलो रोजाई बन्यो जस कारण अहिले सबैको मुखमा झुण्डिएको छ।

गीत रथ पुनको प्रस्तुति र शब्दमा बजारमा आएको हो।सितल सिजन डिजिटल मार्फत सार्बजनिक भएको गीत मौसम गुरुङ युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।गीतमा मौसम गुरुङको मौलिक लय रहेको छ।

भिडियोमा मौलिक नृत्य दिएर आम दर्शकको मन भने आनन्द गुरुङ,लक्ष्मी गुरुङ,अस्विन मगर,अन्जु गुरुङ लगाएतले जितेका छन।दिप गुरुङको निर्देशन रहेको गीतको छायांकन भने राजेश घिमिरेको रहेको छ।मिलन बिकको सम्पादन रहेको पुरा गीत हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला ।