Shares
Shares
नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेन र गैर आवासीय नेपाली संघ , स्पेनको संयुक्त आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली पञ्चैबाजाको साथमा “नेपाल पर्यटन प्रवर्द्धन तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०२२ ” भब्य र सभ्य रूपमा १६ अक्टोबर २०२२ आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर स्थित साग्रदा फामिलिया सम्पन्न भएको छ। उक्त कार्यक्रममा एन आर ए स्पेनका अध्यक्ष शालिकराम डुम्रे र नेपाली जनप्रगतिशील मंच,स्पेनका अध्यक्ष विशाल ढुंगानाको संयुक्त रूपमा अध्यक्षता गर्नुभएको थियोे भने प्रमुख अतिथी नेपाली राजदूतावास म्याड्रिड, स्पेनका महामहिम राजदूत डा. सर्मिला पराजुली ढकाल ज्यु रहनु भएको थियोे ।उक्त कार्यक्रमको उदघाटन प्रमुख अथिति ज्यु ले पानसमा दिप प्रज्वलन गरिगर्नु भएको थियोे

भने स्वागत मन्तव्य पेम्बा छिरिगं शेर्पा राख्नु भएको थियो कार्यक्रमको उदघाटन लगतै सांस्कृतिक झाकी र पञ्चैबाजा मा नाचको सुरु भएको थियोे नेपाली प ले उपस्तिथि दर्शक माज अत्यन्तै रोचक बनाएको थियो के नेपाली के बिदेसी सबैले पन्चै बाजामा झुमेर नाचेका थिए भने एकल नाच सयुक्त नाच रास्ट भक्ति गित गाइएको थियो।सोही क्रममा आफ्नो महत्त्वपूर्ण भनाइ राख्दै प्रमुख अथिती महामहिम ज्युले स्पेनमा रहेर पनि नेपाली कार्यक्रम भब्यरूपमा सम्पन्न गरेकोमा आयोजकहरू लाई धन्यबाद दिदै विदेशि पर्यटकहरूलाई नेपाल घुम्न जानको लागि पनि अनुरोध गर्नुभएको थियो साथै यस्ता खालका कार्यक्रमहरूले साच्चिकै नेपाल पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने नेपाल र नेपालीको छुटै एउटा पहिचान हुने कुराको उल्लेख् गर्नुभएको थियोे त्यस्तै गरि कार्यक्रम आमन्त्रित विशेष अथिती ज्यु हरुले पनि आफ्ना भनाइ राख्नु भएको थियो उक्त कार्यक्रम सम्मानित ब्यक्तित्व एन आर एन ए युरोप संयोजक चिन्तामणी सापकोटा ज्यू, सम्मानित ब्यक्तित्व नेकपा माओवादी केन्द्र प्रवाश संमन्वय समितिका सदस्य गंगा प्रसाद भुसाल ज्यू , सम्मानित ब्यक्तित्व विमल ढकाल ज्यू, नेपाली जनप्रगतिशील मंच युरोप कमिटि सदस्य कृष्णहरि कंडेल ज्यू ,एन.आर.एन.ए. आई.सि.सि. सदस्यहरू दिनेश कुमार गिरी ज्यू तथा प्रकास तिमिल्सिना ज्यू , जनसम्पर्क समिति स्पेनका सभापति सन्तोष श्रेष्ठ ज्यू , प्रवाशी नेपाली मंच स्पेनका अध्यक्ष हेमन्त रानाभाट ज्यू , नेपाली एकता मंच, स्पेन का अध्यक्ष दुर्गा शर्मा ज्यू, विशेष उपस्तिथि रहेको थियो भने अन्य अतिथीहरूमा दुबै संस्थाका संरक्षक तथा सल्लाहकार ज्यूहरू , स्पेन स्थित जातिय , क्षेत्रिय ,युवा, महिला, कलाकार लगाएत सम्पूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरू, हाम्रो मौलीक पन्चै बाजा सहित पोर्चुगल वाट पाल्नुहुने लोक दोहोरी प्रतिष्ठान युरोपका कार्यवाहक अध्यक्ष तथा कलाकार पुर्ण अर्याल ज्यू, लोक दोहोरी प्रतिष्ठान युरोपका महासचिव तथा कलाकार शुवासन्द्र पुन मगरज्यू, अन्य कलाकार ईमान सिंह बुढाज्यू, जित बहादुर थापा ज्यू, आशिष परियार ज्यू,रन्जित गजमेर ज्यू, पन्चैबाजा र कलाकार मित्रहरूलाई यहाँसम्म ल्याउन संयोजन गर्नुहुने लोक दोहोरी प्रतिष्ठानकी निवर्तमान अध्यक्ष तथा हाम्रो संगठनकी सल्लाहकार सुमि घिमिरे सापकोटाज्यू रहनुभएको थियो।

दैनिक हजारौ विदेशी पर्यटकहरूको भिड लाग्ने साग्रदा फामिलिया चर्च अगाडि खुल्ला आकाश मुनि आयोजित कार्यक्रम दिनको चार बजे बाट सुरू भई बेलुका नौ बजे सम्म निरन्तर चलिरहेको थियो। कार्यक्रमको मुख्य आकर्षण बनेको पन्चै बाजामा नेपाली मात्र नभै बिदेशी पर्यटकहरू पनि छमछम नाचिरहेका देखिन्थे।कार्यक्रममा पन्चै बाजा साथै नेपाली विभिन्न जातजाती , भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,नेवारी समुदाय,शेर्पा समुदाय, तामागं समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदायहरूले आ आफ्नो प्रस्तुतीहरू देखाउनुभएको थियो भने नेपाली पाठशाला बार्सिलोनाका साना साना नानिवावुहरूले नेपाली राष्ट्रिय गित गाउनु साथै विभिन्न नेपाली गितहरूमा नृत्य गरेका थिए। विश्व कलाकार संघ स्पेनका कलाकारहरू लगाएत अन्य ख्याति प्राप्त स्थानिय कलाकालहरूको पनि वेजोड प्रस्तुती रहेको कार्यक्रममा करिव ५-६ हजार पर्यटकहरूले अवलोकन गरेको नेपाली जनप्रगतिशील मंच स्पेनका अध्यक्ष तथा कार्यक्रमका संयोजक विशाल ढुंगानाले बताउनु भयो। कार्यक्रममा सास्कृतिक कार्यक्रमको साथमा नेपाल पर्यटन बोर्डले तयार गरेका नेपाल सम्बन्धि प्रचार सामाग्रीहरू , भिजिट नेपाल लेखेका टिसर्टहरू पनि स्टल बाट पर्यटकहरूलाई बितरण तथा जानकारीको लागि राखिएको थियो।
विभिन्न समयमा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरू विभिन्न संघ संस्थाहरूले स्पेनमा गरिरहेता पनि कोरोनाको कहर पछि खुल्ला रूपमा यति धेरै जनसहभागिता माझ भएको यो नै एैतिहासिक कार्यक्रम हो जसको सम्पूर्ण संयोजन नेपाली जनप्रगतिशील मंचले गरेको थियो भने कार्यक्रमको संचालन नेपाली जनप्रगतिशील मंच स्पेनका निबर्तमान अध्यक्ष अर्जुन आचार्य र लोकप्रिय उद्घोशक एलिशन राना मगरले गर्नु भएको थियो।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209