Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बीबीसी मास्टर शेफ सन्तोषको रेसिपीमा नेपाली खाना बेलायती बजारमा

बीबीसी मास्टर शेफ सन्तोषको रेसिपीमा नेपाली खाना बेलायती बजारमा

बेलायती संसद भवनको ऐतिहासिक कक्षमा आयोजित एक कार्यक्रममा नेपालमा उत्पादन गरिएको नेपाली मौलिक परिकारहरु क्वाँटी, मुस्ताङको दाल, आलु बोडी तामा, चना र मासको दाल जस्ता ५ परिकार सार्वजनिक गरिएको छ ।

नेपाल फुड्सले आयोजना गरेको प्रोडक्ट लन्चिङ इभेन्टमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शेफ सन्तोष शाह र नेपाल फुड्सका प्रवन्ध निर्देशक बिकास नेपालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । उक्त परिकारहरु बिबिसि मास्टर शेफ रि–म्याच बिजेता सन्तोष शाहको रेसिपिमा तयार गरिएको हो ।

नेपाली खानालाई विश्वभरी चिनाउने अभियानकै फल स्वरुप नेपाल फुड्ससँगको सहकार्यमा आफुले नेपाली स्वादको रेसिपिहरु तयार गरेको बताए । हिट एण्ड इट नाम दिइएका यी खानाका परिकारहरु मात्र २ मिनेटमा तयार हुन्छ तताउनु होस् र खानुहोस्, स्वादिलो पनि स्वथ्यकर पनि शेफ शाहले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली खाना, संस्कृति र व्यापार प्रवर्धन गर्ने एक निकै राम्रो प्रयास भएको बताए । नेपाली स्वाद प्रति आकर्षित गरेर खानाका परखीहरुलाई नेपाल भित्र्याउन सके पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने उनले बताए ।

नेपालमा उत्पादित खाद्दान्न पौष्टिक, स्वास्थ्यकरका साथै स्वादिलो पनि हुनाले विश्व बजारमा माग भए तापनि बजार व्यवस्थापन नहुनाले नेपाली उत्पादनको पहिचान बढाउन बेलायती संसद भवनमा यस कार्यक्रमको आयोजना गरेको र नेपाल फुड्सका उत्पादनहरु नेपाली समुदाय सहित अन्य समुदायमा पनि लोकप्रियता बढ्दै गएको निर्देशक बिकास नेपालले बताए ।

नेपाल फुड्सका उत्पादनहरु बेलायतका विभिन्न पसलहरुमा सहित यूरोप, अमेरिका, अष्ट्रेलिया लगायत २२ देशमा विक्री हुँदै आएको छ । नेपाल फुड्सको हरेक प्याकेटको विक्रीको केही रकम बेलायती च्यारिटी संस्था फेज वल्र्डवाइडलाई प्रदान गरिने भएको छ ।

फेजका निर्देशक बिल्ली वmुरियरले आफ्नो संस्थाले नेपालमा शिक्षा, प्राथमिक स्वास्थ्य सेवा तथा जिविकोपार्जनको क्षेत्रमा काम गरिरहेको र नेपाल पूmड्ससँग सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे । उक्त समारोहमा परराष्ट्र मन्त्रालयका केही प्रतिनिधि सहित बेलायती संचारकर्मी सहितको उपस्थिती रहेको थियो ।