काठमााडौं । वर्षाका कारण शहिद स्मारक ए डिभिजन लिग अन्तर्गतका खेलहरु दुई दिन पछाडि सरेको छ।
शनिबारबाट सुरु हुने भनिएको लिग अन्तर्गत पाँचौ चरणका खेलको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ तालिका सार्वजनिक गरेको छ ।
वर्षाका कारण मैदान हिलाम्मे भएकाले नयाँ तालिका सार्वजनिक गरेको एन्फाले जनाएको छ ।
हिलाम्मे मैदानका कारण खेललाई मात्र नभइ मैदानका अवस्था बिग्रने सक्ने भएकाले लिगको नयाँ तालिका सार्वजनिक गरिएको बताइएको छ । आगामी चैत्र १४ र १८ मा अष्ट्रेलिया र चाइनिज ताइपेईसँग नेपालले विश्वकप छनाेटकाे खेल खेल्ने तालिका छ । साेही खेलका लागि मैदान बिग्रनसक्ने भएकाले जोखिम मोल्न नचाहेको ए डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।
अहिलेसम्म चौथो चरणका प्रतिस्पर्धा सम्पन्न भइसकेको छ । साविक च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब अहिले लिगको शीर्ष स्थानमा छ । तीन खेलमा जित र १ खेलमा बराबरी खेलेको मनाङको १० रहेको छ ।
यस्तै तालिकाको दोस्रो स्थानमा ९ अंकका साथ मछिन्द्र क्लब रहेको छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मी समान ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने अर्को अपराजित टोली जावालखेल युथ क्लब ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।