Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नायक पुष्प खड्काले गायिका शान्ती श्रीस मगरलाई आफ्नो बनाउने भएपछी

नायक पुष्प खड्काले गायिका शान्ती श्रीस मगरलाई आफ्नो बनाउने भएपछी

कमल सरगम,पोखरा ,नेपाली सङ्गीत क्षेत्रमा फरक पहिचान बनाउने सोच सहित सुमधुर स्वर भएकी नव गायिका तथा युवा ब्यबासायी शान्ती श्रीश मगरको पहिलो गीति एल्बम " फुल जस्तै मेरो जोवन" बजारमा आएको छ । नेपाली मौलिक भाव सहितको गीत एतिबेला बजारमा आएको छ । पोखराको लेकसाइडको माउन्ट कैलाश होटलमा एक भब्य समारोह सहित बिमोचन गरिएको गीत निकै उत्कृष्ट बनेको छ।

चर्चित नायक पुष्प खड्का र गायिका स्वयम् शान्ती श्रीसको अभिनय रहेको गीतमा लोकप्रिय सर्जक तथा गायक वसन्त सापकोटा को शब्द सङ्गीत रहेको छ। वसन्त सापकोटा सङ्ग भेट भएर आफुले गीत बनाउन अनुरोध गरेको र सापकोटाले आफुलाइ सुहाउने गीत दिएको गायिका शान्तिले बताएकी छिन।

चर्चित निर्देशक कबिराज गहतराजको निर्देशन रहेको भिडियोको निकै चर्चा गरिएको छ । गायिका शान्ती एक कोलोरी फेसनको डिजाइनर हुन भने सफल बुटिक ब्यबासायी तथा समाजसेवी पनि हुन,गायिकाले आफ्नो जन्म दिनकै मौका पारेर गीत बिमोचन गरेकी हुन ।

आफ्नै आमा बाबा र श्रीमान सङ्गै राखेर शान्तिले केक काटी जन्म दिन मनाएकी हुन भने प्रमुख अतिथी बरिस्ठ गायिका बाला रानाले गीत बिमोचन गरेकी हुन। भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।