Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोहोरी गीत प्रतिष्ठान नेपाल, जापानमा भएको निर्बाचनमा दोहोरी गायक महेन्द्र न्यौपाने अध्यक्ष पदमा निर्बाचित( बिजयी टिमको नामवली सहित)

दोहोरी गीत प्रतिष्ठान नेपाल, जापानमा भएको निर्बाचनमा दोहोरी गायक महेन्द्र न्यौपाने अध्यक्ष पदमा निर्बाचित( बिजयी टिमको नामवली सहित)

रिष्मेली मेघराज, जापान ।लामो समय देखि लोक संगीतमा निरन्तर योगदान दिदै परदेशबाट पनि आम नेपालीको मन जितेका गायक तथा सर्जक महेन्द्र न्यौपाने भर्खरै सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाको निर्बाचनमा अध्यक्ष पदमा निर्बाचित हुनु भएको छ ।

नेपालबाट विभिन्न पेशामा जापान आएका लोकदोहोरी गीत गायक तथा सर्जकहरू आवद्ध कलाकर्मीहरूको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल–जापान शाखाको आइतबार (२५ सेप्टेम्बर) मा सम्पन्न दोस्रो अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

जापानको राजधानी टोकियोको हलमा सम्पन्न अधिबेशनबाट न्यौपाने सहित सम्पूर्ण कार्यसमितिलाई सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष तथा प्रदेशी गायक सूर्य खड्काले जानकारी दिनुभयो ।

प्रस्तिष्ठान नेपाल जापान शाखाको तेस्रो अधिवेशनबाट प्रथम उपाध्यक्ष माधव सिग्देल, दित्तीय उपाध्यक्ष दिलेन्द्र जोशी, महिला उपाध्यक्ष सोना केसी चयन हुनुभएको छ।

त्यस्तै, सचिवमा समुन्द्रराज पौडेल, सह–सचिव अर्जुन सुवेदी, कोषाध्यक्ष विशाल क्षेत्री, सह–कोषाध्यक्ष प्रेम कुमार बस्नेत तथा कार्यक्रम संयोजक शान्ता जिसी र महिला संयोजकमा निशा क्षेत्री चयन हुनभएको छ ।

सदस्यहरूमा निर्मल क्षेत्री, शिवा केसी, मेघराज सापकोटा, कौशल गुरुङ, बाला दुरा, दिपक कंडेल, मोतिराम भण्डारी, ईश्वरी अर्याल, विष्णु कंडेल, ईश्वर थापा, तिलाराम ढकाल र गोकुल सापकोटा रहनुभएको छ।